६० प्रतिशत पूर्व एमालेको नेतृत्व गरेका माधव नेपाल दोस्रो वरियताका अध्यक्ष !

डिसी नेपाल
८ पुष २०७७ ११:४९

काठमाडौं। नेपाल कम्यनिष्ट पार्टी (नेकपा) दुई गुटमा विभाजित हुँदा माधवकुमार नेपाल एक गुटको अध्यक्ष बनेका छन्। एकीकृत नेकपाको चौथो वरियतामा रहेका नेता नेपाल पुष्पकमल दाहाल प्रचण्डसँगै एक गुटको अध्यक्ष बनेका हुन्।

एकीकृत निकेपामा विवाद हुनुको मुख्य जड दुई अध्यक्षको हैसियत थियो। अहिले फेरि यो गुटमा दुई अध्यक्ष हुँदा फेरि यो हैसियत विवादमा फस्ने जोखिम देखिएको छ।

नेपाललाई दोस्रो बरियताको अध्यक्ष बनाएपछि पूर्व एमालेभित्र असन्तुष्टि बढेको छ। पार्टी एकीकरण गर्दा पूर्व एमालेलाई ६० प्रतिशत र पूर्व माआवादीलाई ४० प्रतिशतको भागबण्डा लगाइएको भएपनि ६० प्रतिशतको नेतृत्व गरेका नेता नेपाललाई दोस्रो बरियाताको अध्यक्ष बनाएपछि पूर्व एमालेभित्र असन्तुष्टि बढेको हो।

सिधा हिसावले पनि तत्तकालीन एमालेको १५ वर्षसम्म नेतृत्व गर्नु भएका नेतालाई पार्टी एकीकरण गर्दा हुर्मत लिने काम गरियो,’ नेता नेपाल निकट एक नेताले भने, ‘अहिले केपी ओलीलाई कारवाही गर्दा पनि उहाँलाई (नेपाल) दोस्रो बरियताको अध्यक्ष बनाइएको छ। यसले पूर्व एमालेहरुको मन कुँडिएको छ।

‘सिधा हिसावले पनि तत्तकालीन एमालेको १५ वर्षसम्म नेतृत्व गर्नु भएका नेतालाई पार्टी एकीकरण गर्दा हुर्मत लिने काम गरियो,’ नेता नेपाल निकट एक नेताले भने, ‘अहिले केपी ओलीलाई कारवाही गर्दा पनि उहाँलाई (नेपाल) दोस्रो बरियताको अध्यक्ष बनाइएको छ। यसले पूर्व एमालेहरुको मन कुँडिएको छ।’

मंगलबार प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। खनालले नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गर्दा दोस्रो बरियताको अध्यक्ष भनेका थिए।

तर नेता नेपाल निकट मानिने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले केपी शर्मा ओलीलाई कारवाही गरेपछिको रिक्त ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको दाबी गरे। ‘अहिले को पहिलो र दोस्रो भनेर विवाद गर्ने बेला होइन,’ न्यौपानले डिसी नेपालसँग भने, ‘हामी केपी ओली जस्तो बाँचुञ्चेल पहिलो हुनुपर्छ भन्ने सोचबाट गाइडेड छैनौं।’

प्रचण्ड र नेपालबीच विवाद उत्पन्न गराउन बरियताको कुरा निकालेको उनको आरोप थियो। नेता नेपाल निकट मानिने स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टीको विधान अनुसार दुवै अध्यक्षको समान हैसियत हुने बताए।

दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको दाबी गर्दै भुसालले प्रचण्ड र नेपालको समान हैसियत भएको दाबी गरे।
माधव नेपाललाई अध्यक्ष बनाउने विषयमा पूर्व माओवादीका नेता प्रभु साहले त खुलेरै विरोध गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *