राष्ट्रपतिले संसद विघटन गर्नुअघि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थिएन

डिसी नेपाल
८ पुष २०७७ १४:२३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्वकिृत गर्नुअघि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको दावी झुटो भएको खुलासा भएको छ । संसद सचिवालयले नै एक विज्ञप्ति जारी गर्दै उक्त दावी झुटो भएको बताएको हो ।

प्रधानमन्त्रीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेपछि प्रधानमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावसम्बन्धी दस्तावेजको तस्वीर सार्वजनिक भएको थियो । उक्त तस्वीरमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पुस ५ गते आइतबार बिहान १० बजेर २० मिनेटमा संसद सचिवालयमा दर्ता भएको उक्त दस्तावेजमा लेखिएको थियो । यही आधारमा संसद विघटन हुनुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकोले संसद विघटनको निर्णय वैधानिक नहुने दावी गरिएको थियो ।

संसद सचिवालयले आज जारी गरेको विज्ञप्तिमा भने उक्त प्रस्ताव सोमबार दिउँसो साढे ३ बजे मात्र संसद सचिवालयमा दर्ता भएको उल्लेख छ । विज्ञप्तिमा अविश्वासको प्रस्ताव सभामुखसमक्ष पवेश गरी प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा दर्ता हुने प्रावधान रहेको र सोही प्रक्रिया पूरा गरी आइतबार दिउँसो साढे ३ बजे दर्ता भएको जनाइएको छ । संसद सचिवालयका प्रवक्त डा. रोजथान पाण्डेले दर्ता भएको समयको विषयमा आएका समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै दर्ता भएको समयबारे प्रस्ट पारेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *