प्रचण्ड–माधव समूहले निर्वाचन आयोग पुगेर आधिकारिकता दावी गर्‍यो

डिसी नेपाल
८ पुष २०७७ १७:०१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा मंगलबार बसेको केन्द्रीय समितिको निर्णय निर्वाचन आयोगमा बुझाएको छ। बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो।

मंगलबार थापाथलीमा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकको निर्णयसहित आयोगमा काजगपत्र पेश गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

यसअघि सो पक्षले अध्यक्ष केपी ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय भएको पत्र आयोगमा बुझाएको थियो।

मंगलबार नै ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो।

दुवै तर्फबाट आफै वैधानिक दावी गरेपछि आयोगले यो विषयको छिनोफानो गर्ने प्रवक्ता श्रेष्ठले बताए। ‘दुवै पक्षबाट आएको निवेदनको छानबिन गरेर दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन आयोगले छिट्टै निर्णय दिन्छ’ उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *