प्रचण्ड र माधव नेपालकाे नेकपा आधिकारिक हुने सांसद पोखरेलकाे दाबी

डिसी नेपाल
८ पुष २०७७ २०:२३

काठमाडौं ।  नेकपाका नेता तथा सांसद कृष्णभक्त पोखरेलले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरेका छन् । दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाई छ । उनले को सँग बहुमत छ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्नसक्ने जिकिर गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए । उनले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाईएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जिकिर गरेका छन् ।

उनले भने,‘आशा गरौं सर्बोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई।’ कुनै पनि अर्थमा संसद विघटनको प्राबधान संविधानमा नभएको उनको जिकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसङ्ग छलफल नै नगरी संसद विघटन गरेको दुःखेसो पोखे । आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *