मुलकलाई स्थिरतातिर लैजाने कार्यमा सबै दल गम्भीर हुन निजी क्षेत्रको अपिल

डिसी नेपाल
९ पुष २०७७ ११:०२

काठमाडौं। निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले मुलुकलाई स्थिरतातिर लैजाने कार्यमा गम्भीर हुन अनुरोध गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलेबुधबार संयुक्त रुपमा अपिल जारी गर्दै मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै मुलुकलाई स्थिरता तिर लिने कार्यमा सबै राजनीतिक दललाई गम्भीर भएर लाग्न अनुरोध गरेका हुन्।

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँनयाँ उद्योग व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षित हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थलाई कसैले पनि भुल्न नहुने अपिलमा उल्लेख छ ।

कोभिड–१९ का कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित रहेको अपिलमा भनिएको छ।

‘विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्योलता सिर्जना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ,’ अपिलमा भनिएको छ, ‘भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा चिन्ता छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *