कारोबारको अन्तिम दिन घट्यो नेप्से

डिसी नेपाल
९ पुष २०७७ १७:००

काठमाडौं। साताको कारोबारोको अन्तिम दिन बिहिबार सेयर बजार ३० अंकले घटेको छ। संसद विघटन पछि आइतबार घटेर इतिहास कायम गरेको नेप्से समग्र साता भरमा स्थिर रहँदै २०३८ दशमलव ६३ अंकमा बन्द भएको छ। बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको हो।

बिहिबार होटेल र टे«डिङ बाहेक सबै समूहका कम्पनीको कारोबारोमा गिरावट आएको छ। बिहिबार नबिल बैंकको सर्वाधिक ६१ करोड बराबरको कारोबारो भयो। यस्तै सर्वाधिक गुमाउने कम्पनीमा भने समृद्धि फाइनान्स, युनाइटेड इदिमोर्दी हाइड्रोपावर को मूल्य सर्वाधिक घटेको छ।

दिनभरीमा २०४ कम्पनीको सेयर ५ अर्ब ३६ करोड रुपैयाँमा किनबेच हुँदा २८ कम्पनीको मात्रै मूल्य बढेको छ। ९ कम्पनीको मूल्य स्थिर हुँदा बाँकी सबै कम्पनीको मूल्य घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *