नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

डिसी नेपाल
९ पुष २०७७ १७:४४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने र रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *