प्रधानमन्त्री ओली अप्रत्यासित भारत भ्रमणको तयारीमा

डिसी नेपाल
१० पुष २०७७ ९:०९

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको भ्रमणमा जाने तयारीमा लागेका छन्। उनको भ्रमण यही पुसको तेस्रो सातापछि हुनसक्ने प्रारम्भिक गृहकार्य भएको छ।

उनको भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तो आउने र यसको घोषणा चाँडै हुनसक्ने एक उच्च स्रोतले बताएको छ। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बार्ता तय भइसकेको अवस्थामा प्रधानमन्त्री स्वयं भारत भ्रमणको तयारीमा लागेकाले परराष्ट्र मन्त्रीस्तरीय बार्ता भने अन्यौलमा परेको बताइएको छ।

भारतीय पक्षको आग्रहवमोजिम नै ओलीले आफ्नातर्फबाट एउटा सानो टोलीलाई नयाँ दिल्ली पठाएको र सो गैरराजनीतिक टोलीले भारतको जासुसी संयन्त्रमार्फत प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीको काम गरेको बताइएको छ।

पार्टी विभाजन भएको र प्रतिनिधिसभासमेत भंग भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन किन भारतीय पक्षले प्रस्ताव अघि बढायो भन्ने कुरा रहस्यमय बनेको छ।

पार्टी विभाजन भएको र प्रतिनिधिसभासमेत भंग भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन किन भारतीय पक्षले प्रस्ताव अघि बढायो भन्ने कुरा रहस्यमय बनेको छ।

ओली तिनै व्यक्ति हुन् जसले भारतीय थिचोमिचोको विरुद्ध आधिकारिकरुपमा राज्यकै तर्फबाट भारतसँग सार्वजानिकरुपमा बोल्ने हिम्मत गरेका थिए। यसैकारण नेपाल र भारतका बीच सम्बन्ध विग्रेर दुईपक्षीय वार्ताका सबै संयन्त्रहरु विगत दुईबर्षदेखि काम लाग्ने आवस्थामा थिएनन्।

अहिले एकाएक भारतले ओलीको भ्रमणको भित्री तयारीसहित प्रस्ताव पठाउनु र सोको गृहकार्यका लागि ओलीले आफ्नो टोली नै दिल्ली पठाउनुले नेपाल नीतिमा भारतको बद्लावको संकेत गरेको छ।

नेपालमा भारतविरोधी अभियानको नेतृत्व गर्दै शासन संचालन गर्न खोजे जुनसुकै बेला पनि त्यस्तो राजनीति दुर्घटनामा पर्छ भन्ने सन्देश भारतले  वर्षाैंदेखि दिँदै आएको छ। ओलीले गएको आमनिर्वाचनमा बहुमत ल्याउनसक्नुमा भारतको नेपालप्रतिको ज्यादतिका विरुद्ध स्पष्ट अडान राख्नु नै मुख्य कारण थियो।

मुलुकको संकटग्रस्त राजनीतिक अवस्थाका बेला ओलीको अप्रत्यासित भारत भ्रमणको आन्तरिक तयारी गरिनुले ओलीले भारतीय सत्ताको समर्थन लिन खोजेको सन्देश प्रवाह हुने कुरामा शंका छैन। के अहिले ओलीले आफ्नो कदमको समर्थनमा भारतीय साथ खोजेकै होलान्?

याे पनि पढ्नस्

उकुसमुकुसमा छन् ओली, के हो ओलीलाई च्याप्ने ‘स्मार्ट गेम’? (समाचार टिप्पणी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *