देउवा र ओलीबीच के हो साँठगाँठ ?

डिसी नेपाल
१० पुष २०७७ १०:३८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलका बीच भनाभन भयो। देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभाको पुनस्र्थापनाका लागि तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्ने पक्षमा देखिएनन्।

उनी सर्वोच्च अदालतको फैशला कुर्नुपर्ने पक्षमा देखिए भने पौडेल तत्कालदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरेर अदालतलाई पनि दवाव दिनुपर्ने पक्षमा देखिए। दुई गुटका बीच चर्कै भनाभनसहित जारी केन्द्रीय समितिमा सभापति देउवाको भूमिका प्रधानमन्त्री ओलीलाई समर्थन गर्नेतर्फ केन्द्रीत देखिएको छ।

आखिर किन? प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहका विभाजित बनेको छ। झण्डै दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरेको नेकपा अहिले ओली समूह र प्रचण्ड–माधव नेपाल समूहका विभाजित बन्दा त्यसको असर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र पनि देखिनु स्वाभाविक हो।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद विघटनअगाडि देखि नै आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कुरा हुँदै आएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार यो विषयमा देउवासँग प्रधानमन्त्री ओलीले धेरै पटक छलफल गरेका थिए। देउवाबाट ग्रिन सिग्नल पाएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेका हुन्।

यद्यपि देउवाले प्रधानमन्त्री ओलीको कदमको समर्थन खुलेर गर्न सकेका छैनन् मात्र होइन उनी एकाएक फेरिएका केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा।

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद विघटनअगाडि देखि नै आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कुरा हुँदै आएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार यो विषयमा देउवासँग प्रधानमन्त्री ओलीले धेरै पटक छलफल गरेका थिए।

देउवाबाट ग्रिन सिग्नल पाएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेका हुन्। ‘आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने विषयमा प्रधानमन्त्री र देउवाबीच सहमति भइसकको छ,’ स्रोतले भन्यो।

मध्यावधि निर्वाचनपछि दुई दलबीच आलोपालो सरकार चलाउने विषयमा पनि यी दुई नेताबीच छलफल चलेको बताइएको छ। २०७४ सलको निर्वाचन आफ्नो नेतृत्वमा गराउँदासमेत केन्द्र र प्रदेश सरकारमा आफ्नो उपस्थिति जनाउन नसकेको कांग्रेसले अहिलेको मध्यावधिलाई उपयोग गर्न सके सरकारको नेतृत्व गर्न सकिने विश्लेषण सभापति देउवाले गरेका छन्।

नेकपा दुई गुटमा विभाजित भएको बेला कांग्रेसलाई एकताबद्ध बनाएर निर्वाचनमा जान सकियो भने कांग्रेस ठूलो पार्टी बन्ने र ठूलो पार्टीको हैसियतले सरकारको नेतृत्व गर्ने अवसर आउने भन्दै देउवाले मध्यावधिको समर्थन गर्दै निर्वाचनमा जानुपर्ने कुरामा जोड दिएका हुन्।

उता ओली समूह सर्वोच्च अदालतले सरकारको गरेको संसद विघटनको घोषणालाई सदर गर्नेमा आश्वस्त देखिएको छ। स्रोत भन्छ,‘बैशाखमा हुने निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाँदा प्रचण्ड र माधव नेपाललाई सबक सिकाउन सकिने आंकलन ओलीको हुनसक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *