संसद विघटन : प्रचण्ड–नेपाल समूहका शीर्ष नेता माइतीघरको चिसो सडकमा

डिसी नेपाल
१० पुष २०७७ ११:११

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि आक्रोशित हुँदै एकीकृत नेकपा विभाजन गरी छुट्टै नेकपा बनाएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले संसद् विघटनविरुद्ध सडक प्रदर्शन गरेका छन्।

संसद् विघटनविरुद्ध सडक प्रदर्शनको कार्यक्रम घोषणा गरेका प्रचण्ड–माधवले शुक्रबार राजधानीको माइतीघरमा सडकमै बसेर ‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्डसहित सडकमै बसेर प्रदर्शन गरेका छन्।

संसद् विघघटनपछि तत्कालिन नेकपा अहिले दुई समूहमा विभाजित भएको छ। एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधवले गरेका छन्।

प्रचण्ड–माधव नेतृत्वको नेकपाले संसद् विघटनविरुद्ध सडकदेखि न्यायलयसम्म संघर्ष गर्ने बताएको छ। सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका सांसदहरुसमेत उपस्थित हुने कार्यक्रम तय गरिएको छ। देशभर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरिएको छ।

नेकपा विभाजन भएपछि दुबै समूहले निर्वाचन आयोगमा आधिकरिता दावी गर्दै निवेदन दिइसकेका छन्।

प्रचण्ड–माधव समूहले आफूतर्फ बहुमत रहेकाले आफूहरु आधिकारिक भएको जिकिर गरेका छन् भने ओली समूहले अध्यक्ष र महासचिब आफैसँग रहेको भन्दै आफू आधिकारिक रहेको तर्क गरेको छ।  तर, निर्वाचन आयोगले यो विषय टुंग्याइसकेको छैन। निर्वाचन आयोगले दुबै दावीमाथि छानविन शुरु गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *