संसद विघटन : प्रचण्ड–नेपाल समूह आधिकारिता दाबी गर्दै निर्वाचन आयोगमा

डिसी नेपाल
१० पुष २०७७ ११:५४

काठमाडौं। पार्टी गुट समूहमा विभाजित भएपछि प्रचण्ड–माधव नेपाल समूह आधिकारिता दाबी गर्दै निर्वाचन अयाोगमा पुगेका छन्।

शुक्रबार विहान साढे नौ बजे माइतीघर मण्डलामा भेला भई प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारयणकाजी श्रेष्ठसहितका नेता, निर्वतमान सांसद तथा केन्द्रीय सदस्य दलबल सहित नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका हुन्।

संसद् विघटनविरुद्ध सडक प्रदर्शनको कार्यक्रम घोषणा गरेका प्रचण्ड–माधवले शुक्रबार राजधानीको माइतीघरमा सडकमै बसेर ‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्डसहित सडकमै बसेर प्रदर्शन गरेका छन्।

संसद् विघघटनपछि तत्कालिन नेकपा अहिले दुई समूहमा विभाजित भएको छ। एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधवले गरेका छन्।

प्रचण्ड–माधव नेतृत्वको नेकपाले संसद् विघटनविरुद्ध सडकदेखि न्यायलयसम्म संघर्ष गर्ने बताएको छ।  सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका सांसदहरुसमेत उपस्थित हुने कार्यक्रम तय गरिएको छ।  देशभर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरिएको छ।

नेकपा विभाजन भएपछि दुबै समूहले निर्वाचन आयोगमा आधिकरिता दावी गर्दै निवेदन दिइसकेका छन्।

प्रचण्ड–माधव समूहले आफूतर्फ बहुमत रहेकाले आफूहरु आधिकारिक भएको जिकिर गरेका छन् भने ओली समूहले अध्यक्ष र महासचिब आफैसँग रहेको भन्दै आफू आधिकारिक रहेको तर्क गरेको छ।  तर, निर्वाचन आयोगले यो विषय टुंग्याइसकेको छैन। निर्वाचन आयोगले दुबै दावीमाथि छानविन शुरु गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *