नेकपा फुटको असर प्रदेशमा, बाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

डिसी नेपाल
१० पुष २०७७ १२:२१

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे छ। शुक्रबार संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाे हाे।

प्रचण्ड- नेपाल समूहका ४५ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। यस्तै बागमती प्रदेशका तीन जना मन्त्रीहरुले पनि राजीनामा दिएका छन्।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाले राजीनामा दिएका हुन्। केन्द्र तहमा दुइ गुटमा विभाजित नेकपाको दन्द्ध प्रदेशसम्मै पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *