एक सातामा एक सय घट्याे सुन
काठमाडौं। साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य १ सय रुपैयाँ घटेको छ। बिहीबारका तुलनामा सय रुपैयाँले घट्दै छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो साता उतार चढावकाबीच सुनको मूल्य १ सय रुपैयाँ घटेको छ।
साताको पहिलो दिन ९४ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य सोमबार एकै दिन तोलाको ९ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार तोलाको ३ सय, र बुधबार ९ सय रुपैयाँले घटेको सुन बिहीबार एक सय रुपैयाँले बढेको थियो। शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment