तरकारी किनबेचको भुक्तानीमा ‘क्यूआर’ कोडको सुरुवात

डिसी नेपाल
११ पुष २०७७ १०:२९

काठमाडौं। डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगको सुरुवात गरेको छ।

शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशै भरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताएका हुन्।

यो सँगै बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ। उनले नगद कारोबारबाट कोभिड–१९ संक्रमण जोखिम रहने भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको बताए।

कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताए। कर्यक्रममा डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *