मुख्यमन्त्री राइद्वारा आर्थिक मामिला मन्त्री आङ्बोलाई पदमुक्त
काठमाडाैं । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
सरकारले संसद विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उब्जीएको विवाद संघ हुँदै स्थानिय तहसम्म विभाजित हुन थालेको छ । प्रचण्डमाधव समूह र ओली समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक गरेका छन् ।
मन्त्री आङ्बो पूर्वमाओवादी नेता हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उनीहरुको तयारी छ । आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए ।
प्रचण्डमाधव समूहका ४५ जना सांसदहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराईसकेका छन् ।
Facebook Comment