एमसीसी नेपालको हितमा छ, कार्यन्वयनमा जोड दिउँः मन्त्री रायमाझी
काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग सम्झौता मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको भन्दै कार्यन्वयनमा जोड दिनु पर्ने बताएका छन्। आइतबार पद बहालाी गर्दै उनले नेपालमा चर्को बहसको विषय बनेको एमसीसीको बारेमा धारणा सार्वजनिक गरेका हुन्।
ऊर्जा मन्त्रीको रुपमा उनको यो दोस्राे कार्यकाल हो।
उनले भने ‘एमसिसी नेपालको हितमा छ । यसकाबारेमा अनावश्यक टिका टिप्प्णी नगरौ । विवाद सिर्जना गरेर काम छैन । अब यसलाई कार्यान्वयनमा लैजानुपर्छ।’
पछिल्लो पटक सत्तारुढ नेकपा दुई टुक्रामा विभाजित भएपछि अब यो परियोजनाको कार्यन्वयनमा चुनौति थपिएको आशंका भइरहँदा मन्त्री रायमाझीले परियोजनालाई अगाडि बढाउने तयारी गरिएको संकेत गरे।
कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन तथा झण्डै १०० किलोमिटर सडक परियोजना एमसिसी मार्फत कार्यान्वयनमा जान लागेको छ । झण्डै ६५ अर्ब बराबरको लगानी त्यसमा हुनेछ ।
यस्तै मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना समेत सुनाए। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
Facebook Comment