‘७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ?’

डिसी नेपाल
१२ पुष २०७७ १३:३४

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहेका भएपनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर, विसं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ ।हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ।के तपाईको मन दुःख्दैन?’

अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भनेका छन्, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्। पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्।यिनले बिदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गरौं ।’

कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर,बि.सं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको…

Posted by Kamal Thapa on Saturday, December 26, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *