संखुवासभामा प्रहरीसँगको भिडन्तबारे विप्लव समूहले के भन्यो ?
काठमाडौं। संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहका कर्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको भएको विषयमा सो समूहले आफ्नो धारणा सार्वजनिक गरेको छ।
प्रतिबन्धित नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार राति विज्ञप्ति जारी गर्दै प्रहरीले ज्यादती गरेको बताएका छन्। उनले जिल्ला सेक्रेटरी युवराज घरमा गएर प्रहरीले उनकी बहिनीमाथि कुटपिट गरेको बताएका छन्। प्रहरीको कुटपिटबाट युवराजकी बहिनी चन्द्रकला राईको ढाड भाँचिएकोसमेत उनले बताएका छन्। उनले दोहोरो भिडन्त भएको भन्ने समाचारहरुको खण्डनसमेत गरेका छन्।
प्रकाण्डले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएकोसमेत बताएका छन्। तर, आफूहरुलाई उक्साउने काम भएको भन्दै सशक्त प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट नियमित गस्तीमा खटिएको टोली चैनपुर–४, मैदानेमा पुगेपछि प्रहरीलाई लक्षित गरेर गोली प्रहार भएको प्रहरीले दावी गरेको छ। प्रहरीले त्यसको जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले डिसी नेपाललाई बताए।
Facebook Comment