प्रचण्डकाे चुनावमा जाने संकेत, अर्को चुनाव जित्ने दावी

डिसी नेपाल
१३ पुष २०७७ १५:२८

काठमाडाैं। काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले बहुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मुद्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’

प्रधानमत्री ओलीले संसद विगठन गरेर श्री ३ जंगबहादुर राणाको बाटोमा गएको आरोप समेत लगाएका छन्। उनले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो। त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’


संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा गएको छ। निर्वाचन आयोगमा चुनाव चिन्ह सूर्य आफ्नो र आफू नै आधिकारीक भएको दावी गर्दैं आएको छ।

सडक आन्दोलनमा गएपछि पहिलो पटक प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन्। उनले ओलीले संसद विघटन गरेर आफूलाई चुनावमा जाने बाटो खोलिदिएको आशय पनि व्यक्त गरेका छन्।

संसद पुर्नस्थापनाको माग गर्दै आएका उनले चिनियाँ टोलीसँगको छलफलपछि जनतामा जाने र जनताको मत आफूलाई नै प्राप्त हुने आशय व्यक्त गरेका छन्। अहिले संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *