चिनी मिलले २१ दिनभित्र बक्यौता तिर्न मानेपछि किसान आन्दोलन फिर्ता
काठमाडौं। विगत दुईहप्तादेखि काठमाडौंमा जारी उखु किसान आन्दोलन आइतबार फिर्ता भएको छ। आइतबार साँझ त्रिपक्षी सहमति भएपछि किसानले आन्दोलन फिर्ता गरेका हुन्।
चिनी मिलले २१ दिनभित्र बक्यौता रकम तिर्ने सहमति जनाएका छन्।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि किसान आन्दोलन फिर्ता लिन सहमत भएका हुन्। आन्दोलनकै बीचमा किसानले ३३ करोड भुक्तानी पाएका छन्।
प्रतिक्रिया
Facebook Comment