काँग्रेसको विरोध प्रदर्शनमा सहभागी हुनेलाई सभापति देउवाले दिए धन्यवाद

डिसी नेपाल
१३ पुष २०७७ १९:२६

काठमाडौं। संसद् विघटनविरुद्ध सोमबार काँग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा गरेको विरोध प्रदर्शनमा सहभागी भएकोमा सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन्।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले भेनका छन्, ‘प्रदर्शनले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको छ।’

देउवाको विज्ञप्तिः

प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार

संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले आज आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको छ। प्रदर्शनले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको छ।

प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने संघीय क्षेत्रीय कार्यसमितिका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु।

कार्यक्रम घोषणा भए देखि समापन हुंदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *