सन् २०२० मा २ लाखमा खुम्चीयाे पर्यटक संख्या
काठमाडौं। सन् २०२० मा झण्डै २ लाख २० हजार पर्यटक मात्र नेपाल आएका छन्। पर्यटन क्षेत्रका लागि सन् २०२० एउटा कालो वर्षको रुपमा रह्याे।
नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो। तर, सन् २०२० को सुरुवातसँगै चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीको प्रभावले पर्यटक आगमन शून्य हुँदा भ्रमण वर्ष नै स्थगित गरिएको छ।
यस वर्षको नोभेम्बर अर्थात ११ महिनामा जम्मा २ लाख २० हजार १ सय १७ जना पर्यटकमात्र नेपाल भित्रियको अध्यागमन विभागले जनाएको छ। तर, गत वर्ष झण्डै १२ लाख पर्यटक नेपाल भित्रिएका थिय।
यस्तै सन् २०१७ मा ११ लाख ७३ हजार पर्यटक नेपाल आयका थिए। यो वर्ष सबैभन्दा धेरै फेब्रुअरी महिनामा एक लाख एक हजार ४ सय जना भित्रिँदा सबैभन्दा कम अप्रिल महिनामा १३ जना पर्यटक नेपाल भित्रियका छन्।
यस वर्ष सदा झै धेरै छिमेकि मुलूक भारतबाट सबैभन्दा धेरै ४० हजार ६ सय ४९ जना पर्यटक नेपाल आएका छन्। दोस्रोमा उत्तरी छिमेकी मुलूक चीनबाट १८ हजार ८ सय ३० जना पर्यटक नेपाल आएका छन्।
तस्रोमा थाइल्याण्डबाट १८ हजार ८ सय, चौथोमा म्यानमारबाट १८ हजार ६ सय ६४ र पाँचौमा अेमेरिकाबाट १७ हजार १ सय ८७ जना पर्यटक नेपाल आयका छन्। यस्तै क्रमश सर्वाधिक पर्यटक बेलायत ११ हजार, श्रीलंका १० हजार, सिङ्गापुर ६ हजार ९ सय, अष्ट्रेलिया ६ हजार ८ सय, जापानबाट ५ हजार ६ सय जना नेपाल आयका छन्।
Facebook Comment