नेकपामा फेरि एकता गर्ने चिनियाँ मिशन असफल

डिसी नेपाल
१४ पुष २०७७ ११:५३

काठमाडौं। नेकपामा विभाजन आएपछि चिन्तित बनेको चीनले नेकपामा फेरि एकता ल्याउने प्रयास स्वरुप काठमाडौंमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठायो।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका उपमन्त्री गुओ यैचौको नेतृत्वमा काठमाडौं आएको ४ सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसँग आइतबार र सोमबार भेट ग-याे।

तर, यी भेटबाट चिनियाँ प्रतिनिधिमण्डल निराश बनेको दावी गरिएको छ।  आइतबार साँझ राष्ट्रपति भण्डारीसँग भेटेर नेकपामा फेरि एकता ल्याउनेबारे चासो राखेको चिनियाँ टोलीले सोमबार प्रचण्डलगायतका नेताहरुलाई भेटेको थियो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।

यी सबै भेटहरुबाट नेकपामा फेरि एकता ल्याउने सम्भावना नदेखेपछि चिनियाँ टोली निराश बनेको दावी गरिएको छ। प्रचण्डहरुसँग भेटेर उनीहरुको कुरा लिएर चिनियाँ टोलीले प्रधानमन्त्रीसँग भेटेको थियो।

चिनियाँ टोलीसँग प्रचण्डलेसंसद् पुनःस्थापना भएमात्र फेरि एकता हुन सक्ने बताएको प्रचण्ड निकट एक नेताले जानकारी दिए। उनका अनुसार प्रचण्डले भनेका थिए, ‘संसद पुर्नस्थापना गर्न सकिन्छ भने ओलीलाई नै निरन्तरता दिन सकिन्छ। संसद पुर्नस्थापना गर्न सघाउँछन् भने मिलनबिन्दु खोज्न सकिन्छ।’

चिनियाँ टोलीले प्रण्चण्डको त्यो कुरा प्रधानमन्त्री ओली समक्ष राखे। तर प्रधानमन्त्रीले सकरात्मक जवाफ नदिएको बालुवाटार स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले संसद पुर्नस्थापना गर्ने होइन, म ताजा जनादेशमा गएको हुँ। यो विषय सर्वोच्च अदालतमा गइसकेको छ। मेरा हाटबाट गइसक्यो।’

प्रधानमन्त्री ओलीले संसद् पुर्नस्थापना आफूले गर्न नसक्ने र त्यो अब सर्वोच्च अदालतलेमात्र गर्न सक्ने बताएपछि चिनियाँ टोली आफ्नो मिशन असफल हुने निष्कर्षमा पुगेको स्रोतको दावी छ।

चिनियाँ प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले आफूलाई पूर्व राजा ज्ञानेन्द्रसँग तुलना गर्दै आन्दोलनबाट फाल्ने धम्की दिएको विषयमा पनि चित्त दुखाएका थिए।

आफू जननिर्वाचित प्रधानमन्त्री भएकाले जनभावना अनुसार काम गर्न नसक्ने वातावरण भएपछि ताजा जनादेशका लागि फेरि जनताका गएको बताएका थिए। नेकपा विभाजन उम्मुख भएपछि आइतबार चिनियाँ प्रतिनिधिमण्डल आइतबार विशेष विमानबाट काठमाडौं आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *