नेकपा ‘विभाजन रोक्न’ आएको चिनियाँ टोली स्वदेश फिर्ता

डिसी नेपाल
१५ पुष २०७७ १०:४४

काठमाडौं। सत्तारुढ दल नेकपालाई विभाजनबाट जोगाउने अन्तिम कोशिश गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वकाे चार सदस्यीय टोली स्वदेश फर्किएको छ।

चिनियाँ प्रतिनिधिमण्ड काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएको थियो। विशेष गरी उनीहरुले नेकपा विभाजन र मिल्न सकिने अवस्थाका विषयमा चासो राखेका थिए।

सत्तारुढ दल नेकपा दुई समूहका विभाजित भएपछि चीनले नेकपा विभाजनबाट रोक्ने चीनले अन्तिम कसरत गर्दै आएको छ। अहिले नेकपा दुई गुटमा विभाजन भएको छ। दुबै गुटले ‘विभाजन’ शब्दको उच्चारण नगरे पनि दुबै गुटका नेकपाले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउनेदेखि वडा तहसम्म प्रशिक्षण कार्यक्रमहरु गरिरहेका छन्।

नेकपाको एक गुटको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले गरेका छन् भने अर्को गुटको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन्।

पार्टीको आन्तरिक विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको थियो। त्यसपछि ओली नेतृत्वको नेकपाले पनि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षबाट हटाएको थियो।

नेकपा विभाज भएपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, माधवकुमार नेपाल र कृष्णबहादुर महरालाई समेत भेटेक थिइन्। तर, उनको यो भेटले सफलता नपाएपछि आकस्मिकरुपमा चिनियाँ उच्च अधिकारी काठमाडौं आएका थिए।

आइतबार काठमाडौं उत्रिएको चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड–माधव नेपाल समूहको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेतासँग भेट गरेर नेकपा विभाजनका विषयमा चासो राखेको टोलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको थियो।

उक्त टोली बुधबार विहान १० बजेर १३ मिनेटमा हिमालय एयरलाईन्सको एन९७८७ फ्याइटबाट स्वदेश फर्किएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *