एनआरएनएको विशेष महाधिवेशनको लागि प्रतिनिधिको नाम दर्ता सुरु

डिसी नेपाल
१५ पुष २०७७ १२:३३

काठमाडौं। आगामी जनवरी २३ र २४ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशनको लागि प्रतिनिधिहरुको नाम दर्ता शुरु भएको छ। संघका अनुसार सन् २०१९ अक्टोबरमा सम्पन्न ९औं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको लागि नाम दर्ता शुरु गरिएको हो।

ती प्रतिनिधिहरुले पहिलो चरणमा सन् २०२१ जनवरी १ सम्म फारम भरी आफ्नो नाम दर्ता गरिसक्नु पर्ने संघले जनाएको छ। संघका अनुसार सूचना जारी गरिएको पहिलो दिन (मंगलबार) दिउँसोसम्म तीन सयभन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन्। अष्टेलिया, बहराईन, बेल्जिमय, क्यानाडा, चाइना, चेक रिपब्लिकन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, जर्मनी, इजरायल, जापान, केन्या, कोरिया, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पोर्चुगल, कतार, रसिया, साउदी अरब, स्पेन, यूके, युएसए, यूएई लगायतका २७ देशका तीन सय बढी प्रतिनिधिहरुले नाम दर्ता गराइसकेका हुन्।

जनवरी १ तारिखसम्म पुराना प्रतिनिधिहरुको लागि अवसर दिइएको छ भने त्यसपछि नयाँ प्रतिनिधिहरुको नाम एनसीसीहरुले पठाउन सक्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *