जनताको चाहनानुसार विकासलाई गति दिइने छः मन्त्री साह

डिसी नेपाल
१६ पुष २०७७ २३:४७

रौतहट । शहरी विकासमन्त्री प्रभु साहले जनताको अपेक्षा र चाहनानुसार विकासलाई गति दिइने बताएका छन् । शहरी विकासमन्त्रीको जिम्मेवारी लिएपछि पहिलो पटक गृह जिल्ला आएका उनले गरुडामा आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला भेलालाई सम्बोधन गर्दै केही नेताले जिल्लाको कायापलट गर्ने आफ्नो इच्छालाई अवरोध गरेको जनाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्नु अग्रगमन नै भएको तर्क राखे ।
जिल्ला भेलामा नेकपा प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल, सचिव सुमन प्याकुरेल, केन्द्रीय सदस्य रेखा झा, अबुलकलाम आजाद, तुलसीराज गिरी, उद्धव रेग्मी, प्रदेश कमिटी सदस्य राजकिशोर यादव, उपेन्द्र साह, मनोज यादव, प्रदेश सदस्य कुन्दन कुशवाहा, ज्वालाकुमारी साहलगायतले प्रधानमन्त्री ओलीले नेकपाकै केही नेताको स्वार्थका कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *