प्रचण्ड–नेपालमा चार महिना कुर्ने धैर्यता नहुँदा दुर्घटना : राज्यमन्त्री मानन्धर

डिसी नेपाल
१७ पुष २०७७ १८:२८

काठमाडौं। सहरी विकास राज्यमन्त्री एवं सत्तारुढ नेकपाका केन्द्रीय सदस्य रामवीर मानन्धरले केही नेताको सिमित स्वार्थका कारण नेकपा विभाजनको मुखमा पुगेको बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ स्तरीय कार्यकर्ता भेलामा राज्यमन्त्री मानन्धरले केही नेताको स्वार्थका कारण पार्टी फुटको मुखमा पुगेको बताए। अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले धैर्ययता कायम गर्न नसक्दा पार्टीमा समस्या पैदा भएको दाबी गरे।

पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनपछि नेतृत्वमा दाबी नगर्ने बताएको अवस्थामा दुई शीर्ष नेताले धैर्यता कायम गर्न नसक्दा पार्टी दुर्घटनाको मुखमा पुगेको नेता मानन्धरको दाबी छ।

प्रचण्ड र नेपाल चार महिना कुर्न नसक्ने अवस्थामा किन पुगे भन्दै मन्त्री मानन्धरले चैत्रमा हुने भनिएको महाधिवेशनमा उनीहरुले नेतृत्व नपाउने देखेपछि पार्टी फुटाउन खोजेको आरोप लगाए। चैत्रमा महाधिवेशन भए युवा पुस्तामा नेतृत्व पुग्ने अवस्था आएकाले पुसमै पार्टी फुटाउन खोजिएको राज्यमन्त्री मानन्धरको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *