प्रदेश नं १ मा १४४ सङ्क्रमित निको भए, ३७ जना थपिए
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ ।
सोही अवधिमा प्रदेशमा ३०९ जनाको पीसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक/एक र प्रदेश बाहिरका दुई जना रहेका छन् ।
प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म दुई लाख आठ हजार ९११ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । रासस
प्रतिक्रिया
Facebook Comment