चिन्तन : दुःख लेख्ने, देख्ने र भोग्ने डर

डिसी नेपाल
१८ पुष २०७७ ७:०५

दुःख कसैलाई पनि मन पर्दैन। पीडासँग वाँच्ने रहर कसैलाई पनि हुँदैन र सामान्तया दुःख लेख्न, देख्न र भोग्न पनि हामीहरू डराउँछौं। दुःख विविध प्रकारका हुन्छन् र दुःख नभएका नभोगेका मानिस संसारमा विरलै हुन्छन्।

दुःख सम्पन्नलाई पनि हुन्छ, विपन्नहरू त दुःखका उदाहरण नै ठहरिन्छन्। शक्तिशालीलाई पनि दुःख हुन्छ, निरीह र निमुखा दुःखका साथी नै हुन् अथवा दुःख नै उनीहरूको साथी हो।

परिवार नहुनेलाई परिवार नहुनुको दुःख, हुनेलाई व्यवस्थापन गर्नको दुःख, गरीवलाई धनको दुःख, धनीलाई अर्काले हड्प्लान् कि भन्ने अनि व्यवस्थाको दुःख, कर्मचारी, राजनीतिज्ञ, अज्ञानी, विज्ञानी, संज्ञानी जो–जो जुन–जुन तहमा छ र छाैं सबैलाई कुनै न कुनै प्रकारको दुःख छ।

संसारका सबै देहधारीहरूलाई देह व्यवस्थापनको दुःख, कुनै न कुनै प्रकारले हुन्छ चाहे मानिस होस् अथवा कुनै रुपधारी प्राणी नै किन नहोस्। अर्थात दुःख एउटा सर्वव्यापक सत्य हो। कसैले स्वीकार गरुन अथवा नगरुन तर दुःख नभएको मानिस त यो जगतमा छँदैछैन।

यदि दुःख नभएको कोही मानिस भेटिएको खण्डमा त्यो मानिसका पूर्णत शारीरिक र मानसिक अंग र संवेदनशीलताले काम गरेको छैन भन्ने बुझ्नु पर्छ।

मानिस दुःख बुझ्ने, सम्झिने, लिने र प्रकट गर्न जान्ने भएको हुनाले नै मानिस भएको हो, सामाजिक भएको हो, विकसित भएको हो। दुःखलाई हराउने भनेको नै सुख पक्षको खोजी हो। संसारमा विकासका उन्नतिका जति पनि कामहरू भएका छन्।

सबै दुःखलाई हटाउनका लागि भएका छन्। दुःखको डर नहुदो हो त मानिसले यी जति पनि उन्नति आदि गर्ने जरुरत महसुस गर्ने थिएन। हामी मानिस वास्तवमा मानिस नै हुने थिएनौं र हामी र अरू पशुपंक्षी आदिमा खासै अन्तर पनि हुने थिएन।

दुःख नै सबै उन्नतिको जननी हो, प्रगतिको जननी हो र मानिस मानिसमा परिवर्तन गर्ने वास्तविक आधार हो। दुःख यस्तो गडिएको, दबिएको र जताततै फिजिएको यत्रतत्र सर्वत्र उपलव्ध सत्य हो जोसँग नडराउने कुनै पनि मानिस हुँदैन, थिएन र छैन पनि। त्यो सर्वव्यापक सत्यता जसको न आदि छ न अन्तको ज्ञात कसैलाई छ र हुने नै छ। महान् महान् दर्शनलाई सिर्जना गर्ने सबैभन्दा ठूलो प्रेरक तत्व भनेको नै दुःख हो।

मेरो बुझाइमा दुःख नै सबै उन्नतिको जननी हो, प्रगतिको जननी हो र मानिस मानिसमा परिवर्तन गर्ने वास्तविक आधार हो। दुःख यस्तो गडिएको, दबिएको र जताततै फिजिएको यत्रतत्र सर्वत्र उपलव्ध सत्य हो जोसँग नडराउने कुनै पनि मानिस हुँदैन, थिएन र छैन पनि। त्यो सर्वव्यापक सत्यता जसको न आदि छ न अन्तको ज्ञात कसैलाई छ र हुने नै छ। महान् महान् दर्शनलाई सिर्जना गर्ने सबैभन्दा ठूलो प्रेरक तत्व भनेको नै दुःख हो।

दुःख एउटा सर्वसूलभ ज्ञान ज्योतिको माध्यम पनि हो। धर्मशास्त्रहरू, राजनीतिशास्त्रहरूको, दर्शनशास्त्रहरूको, विज्ञानको अथवा एक शव्द भन्नु पर्दा जति पनि ज्ञान, सत्य, उन्नति–भौतिक–अभौतिक, पारभौतिक विषयहरू संसारमा विकास भएका छन् ती सबैको आधारशीला भनेको दुःख हो। किनकि संसारका सबै ज्ञानको उदेश्य भनेको दुःखबाट बच्नु हो।

पूर्वीय दर्शनका वेद उपनिषद, पुराणहरु, श्रीमद्भागवत रामायण, माहाभारत अनेकन गीताहरू (रामगीता, श्रीमद्भागवत, अष्टावक्रगीता र अरु शास्त्रहरु) वौद्धधर्म ग्रन्थहरू, जैनधर्म ग्रन्थहरू, सिखधर्म ग्रन्थहरू त्यसैगरी वाइवल, कुरान सरिका र जतिपनि धर्मका नाममा भएका ग्रन्थहरू छन् सबैको उद्देश्य भनेको पनि दुःखमा कमी गराउनु हो।

त्यस्तै विभिन्न आधुनिक विज्ञानहरू– शास्त्रहरू, दर्शनहरू सबैले बताउने बुझाउन कोसिस गर्ने भनेको दुःखलाई कम गर्ने उपायहरू नै हो। सबै किसिमका राजनीतिकवादहरू अर्थका शास्त्रहरू, समाजका शास्त्रहरू, मनोज्ञान र मनोविज्ञानहरू, मानवशास्त्रहरू, भौतिक, जैविक, चिकित्सकीय, खगोलीय अर्थात सबै शास्त्रहरूले बताउने मार्ग भनेको दुःखबाट कसरी जोगिने भन्ने नै हो अथवा कसरी सुख प्राप्त गर्ने हो।

दुःख महसुस अनुभूति र अनुभव नहुने हुन्थ्यो भने वास्तवमा संसार एउटा निर्जिव सहरको स्थीर जडतामा मात्र अडेको हुन्थ्यो। जैविक प्रकृया त चल्ने थियो तर त्यसमा प्राकृतिक स्वरूपको मात्र सन्तुलन हुने थियो चेतना पक्ष भन्ने चै हुने थिएन।

दुःख भनेको एउटा सशक्त चेतना हो, पहरेदार हो, मृत्य जतिकै अन्तिम सत्य हो जसले प्रत्येक पल मानिसको अन्तर हृदयलाई झकझक्याइरहेको हुन्छ, जगाइरहेको हुन्छ, सचेत गराइरहेको हुन्छ। दुःख एउटा परमहितकारी सत्य हो, जसले मानिसलाई जन्मदेखि मृत्यु र मृत्युभन्दा पनि परसम्म सोच्नका लागि वाध्य बनाउँछ।

सबै धर्मशास्त्रको संकेत भनेको मृत्यु भयभन्दा पनि परको भयको स्थिति प्रस्तुत गरेर मानिसलाई व्यक्ति, पारिवारिक, सामाजिक अवस्थाहरूमा नीतिगत, अनुशासन र अमनचयका साथ जीवन यापन गरेर बाँच्न उत्प्रेरित गराउने र मृत्युसँग पनि नडराउने बनाउनु हो।

समाजलाई मांगलिक अवस्थामा कायम गराउने उद्देश्यका लागि नै सम्पूर्ण शास्त्रहरू, वादहरू, विज्ञानहरु, ज्ञानहरूको विकास भएको हो र प्रयोग पनि भएको हो। दुःखबाट जोगिने क्रममा मानिसले धेरै नै अनुकरणीय उपलव्धीहरू हासिल गरेको छ।

मानिसले सभ्यता विकास गरेको छ र सभ्यतालाई अझै सुरक्षित बनाउने क्रममा एक समयमा कल्पनाजस्तो लाग्ने–स्वप्नमा पनि सोच्न नसक्ने विकास भएको छ। यो व्रह्माण्ड नै सानो भएर मानिस अरू व्रह्माण्डहरू समेत खोज्न सक्ने भएको छ।

हामी स्वीकार गरौं अथवा नगराैं दुःखको त्रास जति वलवान शक्ति हाम्रो सामु अर्को छैन र दुःखको त्रास नै सबै आविष्कारको वास्तविक जननी हो। धर्मशास्त्रका, राजनीतिक शास्त्रका, दर्शनशास्त्रका अथवा समाजका बारेमा स्थापित शास्त्रको उद्देश्य माथि नै उल्लेख गरिसकिएको छ तर थप कुरा भनेको दण्ड संहिताको आधार नै दुःख हो।

अर्थात दुःखको त्रासबाट मात्रै समाजलाई, राष्ट्रलाई र जगतलाई बाँधेर अनुशासित ढंगबाट संचालन गराउन सकिएको छ। यस अर्थमा दुःखको भयले गर्दा नै मानिस एउटासम्म सामाजिक प्राणी हुन गएको हो।

यस अर्थमा दुःख अनुभवलाई, त्रासलाई उल्लेख गर्नु भनेको सत्यलाई उल्लेख गर्नु हो। सत्यलाई उजागर गर्ने प्रयास गर्नु हो र मानव मष्तिस्कमा शक्ति संचार गराउनु हो। जीवनलाई बुझ्नका लागि दुःखको तहैसम्म जानु पर्छ र त्यसलाई जुनसुकै माध्यमले भए पनि साझा गर्नुपर्छ। दुःखको अनुभवलाई साझा गर्दा एकातर्फ दुःखको अनुभुतिमा कमी आउँछ भने अर्कोतर्फ मानिसको मनले एकप्रकारको आनन्द प्राप्त गर्छ।

म पुन: दोहो-याउन चाहन्छु दुःख बाँड्दा बाँड्नेले त शान्तिको अनुभव गर्छ गर्छ तर जोसित बाँडिन्छ उसको मन अन्तरमनले दुःखानुभाव गर्छ र हुने अथवा परिआउने दुःखबाट जोगिन जान्दछ अथवा दुःख परे पनि त्यसलाई एउटा नियमित प्रकृयाका रुपमा लिएर सहन गर्न सक्षम हुन्छ।
एउटा कटु सत्य के पनि छ भने वास्तवमा दुःखानुभूतिले पीडा मात्रै दिने, त्रासमात्र दिने अथवा खिन्नतामात्र दिने हुँदै होइन।

जबसम्म दुःख चेतनामाथि विजय प्राप्त हुँदैन तबसम्म आनन्द चेतनाको अनुभूति हुनै सक्तैन। जसले दुःख नै बुझेको छैन, त्यसलाई आनन्दानुभूतिको अनुभूत÷अनुभव हुनै सक्तैन। तसर्थ दुःख भनेको एउटा दिव्य अनुभव जो पीडा दिन्छ, त्रास दिन्छ, असिमित वेदना दिन्छ र मानव मन, तन र मस्तिष्कलाई प्रखर र बलियो बनाउँछ।

दुःखले एक–प्रकारको सत्यता बोकेको हुन्छ। सत्य भनेको अपरिवर्तनीय हुन्छ। अर्थात सामान्य परिस्थितिमा सत्य परिवर्तन हुँदैन। सत्य भनेको आनन्द हो, सत्यले अझ सत्यताका करीव पुर्याउँछ अनि त्यसै सत्यतामा मानव चेतनाले खोजेको परम आनन्द लुकेको छ।

अर्थात जबसम्म दुःख चेतनामाथि विजय प्राप्त हुँदैन तबसम्म आनन्द चेतनाको अनुभूति हुनै सक्तैन। जसले दुःख नै बुझेको छैन, त्यसलाई आनन्दानुभूतिको अनुभूत/अनुभव हुनै सक्तैन। तसर्थ दुःख भनेको एउटा दिव्य अनुभव जो पीडा दिन्छ, त्रास दिन्छ, असिमित वेदना दिन्छ र मानव मन, तन र मस्तिष्कलाई प्रखर र बलियो बनाउँछ।

हामीलाई दुःख मन नपर्ने भन्ने कुरो पनि सरासर झुटो हो। हो हामी दुःखमा पर्न चाहन्नौं तर दुःखका कुराहरू हाम्रो अन्तरमनले मन पराउँछन् दुःखलाई स्वीकार गर्छ र तदनुरुप आफूलाई परिवर्तन गराउने प्रयास गर्छ। यदि दुःखका कुराहरू मन नपर्ने भएका भए पूर्वीय दर्शनका पुराणादिलाई कसैले दोहो-याउने थिएनन्।

वाइवललाई पढ्ने थिएनन्, कुरानलाई पुज्ने थिएनन्, वुद्धदर्शनको कुनै महत्व नै हुने थिएन अथवा धर्मशास्त्र, नीतिशास्त्र, दर्शनशास्त्रको कुनै महत्व नै हुने थिएन। तर यथार्थमा शास्त्रहरूको खोज र निर्माण नै मानव सभ्यताको प्रमुख पहिचान हो। यसो हुँदा दुःख कसैको पनि रोजाइको विषय नभए पनि दुःख अथवा दुःखको कथा वाचन, श्रवण, लेखनबाट भने मानव मन र हृदयले एक प्रकारको शान्ति नै प्राप्त गर्दछ।

साधारण उदाहरणको माध्यमले यसलाई वुझने प्रयास गरौं– जब हामी कुनै पनि चरीत्रलीलाहरू पढ्छौ, हेर्छौं हामी पनि तिनै चरीत्रभित्र आफूलाई पाउछौं अनि ती चरीत्र हाँस्दा हामी पनि हाँस्छौ, रुँदा हामी पनि रुन्छौं।

यसका सबैभन्दा महत्वपूर्ण उदाहरणहरू भनेका साहित्यकारका कृतिहरूलाई, भक्तहरूका गाथा भएका कृतिहरूलाई लिन सकिन्छ। चरित्र वर्णनका राम्रा उदाहरणमा रामायण (वाल्मीकि, तुलसीदास, भानुभक्त आदिद्वारा लिखित,अनुदित), माहाभारत, श्रीमद् भागवतपुराण लगायत– वाइवल, कुराना आदिहरूमा पाइन्छन्।

आधुनिक रचनाहरूलाई हेर्ने हो भने कालिदासका रघुवंस माहाकाव्य, मेघदूत, सेक्सपियरका प्रायः सबै नाटकहरू, रविन्द्रनाथ टैगोर, लियो टोल्सटोय, नेपालका वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे आदि आदिका कृतिहरूका चरित्र वर्णनहरूमा नरमाउने को चै छ र? यी महान् साहित्यकारका सबै कृतिहरू दुःखलाई सजिवताका साथ वर्णन गर्न सक्षम छन्, त्यसैले सबै उच्च छन्। सानो उदाहरण मुना मदनको लिन सकिन्छ। मुना मदन एउटा कालजयी साहित्य हो जो दुःखको पराकाष्टाको चित्रण हो।

कालजयी त्यही हुन्छ जसले काललाई अर्थात मृत्युलाई नजिकबाट हेर्न सफल हुन्छ। दुःखलाई नियाल्न सफल हुन्छ अनि त्यो दुःखलाई वाड्न सक्षम हुन्छ। सरलभाषामा भन्नुपर्दा हामी दुःखलाई मन पराउछौं, किनकि हाम्रो मुलतत्व दुःखबाट नै सिर्जना भएको छ। जन्मनुभन्दा पहिले गर्भाधारण प्रकृया नै एक प्रकारको प्रतियोगिताबाट सुरु हुन्छ।

यदि दुःखका कुराहरू मन नपर्ने भएका भए पूर्वीय दर्शनका पुराणादिलाई कसैले दोहो¥याउने थिएनन्। वाइवललाई पढ्ने थिएनन्, कुरानलाई पुज्ने थिएनन्, वुद्धदर्शनको कुनै महत्व नै हुने थिएन अथवा धर्मशास्त्र, नीतिशास्त्र, दर्शनशास्त्रको कुनै महत्व नै हुने थिएन। तर यथार्थमा शास्त्रहरूको खोज र निर्माण नै मानव सभ्यताको प्रमुख पहिचान हो। यसो हुँदा दुःख कसैको पनि रोजाइको विषय नभए पनि दुःख अथवा दुःखको कथा वाचन, श्रवण, लेखनबाट भने मानव मन र हृदयले एक प्रकारको शान्ति नै प्राप्त गर्दछ।

जन्म एउटा सबैभन्दा दुःखद क्षण हो, वाहिर आइने हो कि नआउँदै हराइने हो, आई नै सकेपछि चेतनामा पूर्णरुपमा आउन नै ४–५ वर्ष लाग्छ। त्यो समय अरूको लागि राम्रो देखिए पनि स्वयं जो बालक हो, उस्को लागि त्यो चरम यातनाको समय हो। पूर्णत पराधीन अवस्था आनन्ददायी त हुनै सक्तैन। जब चेतना र शरीर विकसित भयो, जीवनको रडाको बढ्न शुरु भयो जुन अन्तिम स्वाससम्म पनि कायम रहन्छ अनि वृद्धावस्था पनि त्यस्तै पीडादायी हुन सक्छ। जब हात पाउले आफ्नो काम गर्न बन्द गर्दछन्।

दुःख भनेको सत्य भन्ने हाम्रो चेतनाले बुझेको छ। दुःख सबैमा लुुकेको छ, त्यसै दुःख साझा गर्दा कम भएको हो किनकि दुःख सरल हुन्छ, सहज पनि हुन्छ। कुनै न कुनै रुपमा सबैको साझा अनुभव हो।

त्याग, तपष्या, वलिदान, प्रेम वास्तवमा दुःखबाट मात्र उम्रिन्छन्, फष्टाउछन्, फक्रिन्छन् अनि अरूलाई सुखमय र सुगन्धमय बनाउँछन्। विषको औषधि बिष भए जस्तै दुःखको औषधि पनि दुःख हो र दुःखको औषधिले नै दुःख निको पार्छ। कमसेकम दुःख घटाउँछ । खुसीले दुःखमा महलम लाउँदैन।

उदाहरणको रुपमा यदि कतै मरुमराउ परेको छ र त्यो ठाउँमा भेट्न आउने मान्छे ती दुःख परिरहेकाहरू सितै रोए भने त्यहाँ दुःख घट्छ तर त्यहाँ हा.हा.हा जे भयो राम्रो नै भयो भनेर खुसी प्रकट गरियो भने त्यो विरहमा रहेका मनहरूले त्यो दुःख खप्न सक्तैनन्।

वास्तवमा दुःखबाट विजय त्यसैले प्राप्त गर्न सक्छ, जसले दुःखलाई व्यक्त गर्न सक्छ, खोतल्न सक्छ र त्यसको तहै सम्मको कारण खोल्न सक्छ। दुःखले दुःख बढाउँछ सत्य हो तर एउटा निश्चित वहावमा पुगेपछि दुःख दुःख रहदैन–त्यो मात्र सत्यता बन्छ अनि सत्यको साथ भएपछि त्यो सुख र दुःख भन्दा वाहिरको विषय बन्न पुग्छ। सास्वत सत्यका पारखीहरूले त्यसलाई व्रम्हज्ञान भन्छन्।

अर्थात जब दुःखको मुलकारणको ज्ञान हुन्छ तब जान्न पर्ने कुराहरू वाँकी रहँदैन। वास्तवमा भक्ति सिद्धान्त भनेको नै विरहमा आनन्द लिने सिद्धान्त हो त्यसैले भक्तहरू रुन्छन् र दुःख वसाउँछन्। साहित्यकारहरू पनि सिर्जनाका भक्तहुन, नाटकमा रुन्छन्, कवितामा रुन्छन्, माहाकाव्य चरित्रहरू वुन्छन् र चरित्र मार्फत रुन्छन्, कथाकारले समाजको व्यथालाई उरेल्छन् र धकमारेर रुन्छन् र आँशुले कथा बनाउँछन्।

दुःख व्यक्त गर्न सजिलो छैन। रुन सजिलो छैन र विरहका गित गाउँन सजिलो छैन। किनकी मानिसमा भएको अहँता, घमण्ड, जान्दछु भने अहं अनि समाजले के भन्छ, परिवारजनले के भन्छन् भन्ने भय हुन्जेल मान्छे बरु पीडा पीउँछ, विरहले कुडिन्छ, भित्र भित्रै पाक्छ निराश हुन्छ तर आफ्नो यथार्थ देखाउन, लेख्न र लेखाउन र भोगेका पीडादायक आत्मामा नै बसेका निलडाम, घाउहरूलाई व्यक्त गर्न सक्तैन।

सबैभन्दा डरलाग्दो पक्ष भनेको चै मानिसले आफूलाई अरूसित तुलना गरेर हेर्छ अरूलाई, अथवा अर्को मान्छेको वाहिरी स्वरुपमा उसको यथार्थता देख्न खोज्छ। वास्तवमा दुःख वाहिरको देखिने र देखिएकोभन्दा भिन्न हुन सक्छ।

वास्तवमा दुःख वाहिरको देखिने र देखिएकोभन्दा भिन्न हुन सक्छ। बाहिरबाट देख्दा अत्यन्त सुखी र समृद्ध देखिने मान्छे, मनको विरह कतै नकहको शिकार भइरहेको हुनसक्छ। तसर्थ दुःख बुझ्नलाई दुःखको तहैसम्म पुग्नु पर्छ । दुःखको तहसम्म पुग्दा–एक प्रकारको पीडाको सिलसिला प्राप्त हुन्छ। अर्थात दुःखको माखे सांगलो (एकपछि अर्को, अर्कोपछि अर्को–अनि एउटा–गोलाकारचक्र जसको न आदि छ न अन्त्य) को सामना हुन्छ।

बाहिरबाट देख्दा अत्यन्त सुखी र समृद्ध देखिने मान्छे, मनको विरह कतै नकहको शिकार भइरहेको हुनसक्छ। तसर्थ दुःख बुझ्नलाई दुःखको तहैसम्म पुग्नु पर्छ । दुःखको तहसम्म पुग्दा–एक प्रकारको पीडाको सिलसिला प्राप्त हुन्छ। अर्थात दुःखको माखे सांगलो (एकपछि अर्को, अर्कोपछि अर्को–अनि एउटा–गोलाकारचक्र जसको न आदि छ न अन्त्य) को सामना हुन्छ।

जीवनको तत्ववोद्य हुनु भनेको त्यही दुःखको माँखे साङ्लोबाट वाहिर निस्कनु हो भनेर शास्त्रहरूले निर्णय गरेका छन्।  सर्जकहरूले लोकलाज आडम्वरबाट वाहिर निस्केर समाजको वास्तवमा दुःखलाई आफ्नै आफ्नै माध्यम र वाटाहरूद्वारा दुःख उरेल्नु भनेको सत्यताको वाटामा आफूलाई डोर्याउने प्रयास गर्नु हो।

एउटा सच्चा मनबाट निस्केको विरहको गाथा भनेको अर्को सच्चा मनमा उर्लिएका वेदनासित मिल्छ । अर्को शव्दमा भन्नु पर्दा हामी मानिसहरू जसरी बाहिरी शरीरमा समान छौं मनरुपी शरीरबाट पनि समान छौं। जसरी मेरो मन दुख्दछ त्यसैगरी अर्काको मन पनि दुख्छ भन्ने ज्ञात भएपछि मानिसले घमण्ड गर्ने, खिसी गर्ने प्रवृति आदिको नास हुन जान्छ।

मानिसमा सर्वजन हिताय, सर्वजन सुखायको भावना जागृत हुन जान्छ। तसर्थ दुःख लेख्न, दुःख देख्न, दुःख भोग्न तयार भएको अवस्थालाई सम सुखादुखा नामको परिस्थितिमा पुग्ने साधनको रुपमा लिनु पर्छ। संसारमा कुनै कुरो पनि स्थिर छैन।

सुख र दुःखको अवस्था पनि स्थिर चै छैन तर जन्म प्रकृया र मृत्यु प्रकृया जुन प्राणीको सास्वत सत्य हो, ती दुवै अवस्था दुःखबाट सुरु र दुःखमा नै अन्त्य हुने भएको हुँदा दुःखको अवस्थिति नै प्राणीको भोग्नु पर्ने सत्यता हो। अनि सत्यता खोल्न, वोल्न, लेख्न किन डराउने?

पुनश्चः जसले दुःखलाई वुझ्ने कोसिस गर्छ, लेख्ने कोसिस गर्छ, भोग्नलाई तयार हुन्छ। त्यसले कुनै परिस्थितिमा पनि डराउने अवस्था नै रहदैन। त्यस्तै निडरहरूबाट मात्र बसुधैव कुटुम्वकम (सबै संसारका प्राणी नै आफ्ना बन्धु हुन) भन्न सक्छ।

सबैले सहअस्तित्वमा बाँच्नु पर्छ भन्न सक्छ अनि तद्अनुसारको व्यवहार गर्न सक्छ। दुःख लेख्न, वोल्न, देख्न र भोग्न नडराउनेले मात्र वास्तविक आनन्दलाई बुझ्न सक्छ, शान्तिलाई अगाल्न सक्छ र परम शान्तिमा आफू पनि बाँच्न सक्छ र अरूलाई पनि दुःख सुखलाई पचाएर बाँच्न अभिप्रेरित गर्नसक्छ मार्ग प्रशस्त गर्न सक्छ।। शुभम्।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *