सरकार विकास र समृद्धिमा केन्द्रित हुन्छ : मन्त्री साह

डिसी नेपाल
१९ पुष २०७७ २१:३५

जनकपुर । शहरी विकासमन्त्री प्रभु साहले सरकार जनताका आर्थिक विकास तथा समृद्धिमा केन्द्रित हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित सङ्घीय सरकारअन्तर्गत आयोजनाको कार्यान्वयनमा देखिएका समस्याको समाधान विषयक वृहत छलफलमा मन्त्री साहले कुनै पनि पूर्वाधारमा लगानी गर्दा जनताको आर्थिक उपार्जनमा मद्दत पुग्ने गर्न प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरे ।

उनले भने, “संंविधानले परिकल्पना गरेअनुसारको संरचनाको पूर्वाधारको निर्माणका लागि सङ्घीय सरकार दृढ छ । पहिलो प्राथमिकतामा प्रदेश राजधानीको विकासमा तीव्रता दिन आवश्यक छ ।” उनले प्रदेश राजधानी जनकपुरधामको विकासका लागि सङ्घीय सरकार लगानी गर्न तयार रहेको बताए ।

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक शहरको रुपमा विकास गर्न मन्त्रालय तयार रहेको बताए । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दूधमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह गरे ।

मन्त्री साहले आजै जनकपुरमा सडक तथा नाला निर्माण कार्यको निरीक्षण गरेका थिए । उनले सघन शहरी कार्यक्रमअन्तर्गत सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षणको निरीक्षण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *