प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूद्वारा सरकारविरूद्ध आन्दोलन घोषणा

डिसी नेपाल
२१ पुष २०७७ ११:२९

काठमाडौं। प्रचण्ड–माधव नेपाल समूहको नेकपा समर्थित विद्यार्थी संगठन अनुरास्ववियूले सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अनेरास्ववियूले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

आन्दोलनका क्रममा केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले बताए।

आन्दोलनका क्रममा प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै वयलगाडा प्रदर्शन र ज्ञापनपत्र तथा धर्ना कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइयो। सो संगठनले लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्कत वितरण गर्न माग गर्दै अनलाइन कक्षाको नाममा लिइएको शुल्क खारेज गर्न दबाब दिने भएको छ।

तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ। पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए।

ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *