वीरताको स्मरण गर्दै विजय दौड पुस २५ मा

डिसी नेपाल
२२ पुष २०७७ १७:२२

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले आज आयोजना गरेको पत्रकार भेटघाटमा महासेनानी मच्छिन्द्र थापाले अङ्ग्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिए ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै डा«इभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः रु १५ हजार, १० हजार र रु पाँच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।

क्याम्पस अगाडिबाट शुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो वसपार्क हुदै जीतगढीमा समाप्त हुनेछ । सो प्रतियोगितामा नेपाली सैनिकलगायत करीब सय खेलाडीको सहभागिता रहने छ । विभिन्न शोधकर्ता र इतिहासविद् र पर्यटनका लागि जीतगढी किल्ला महत्वपूर्ण मानिएको छ । नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि  १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *