सशस्त्र प्रहरीमा एक दर्जन अधिकृतहरुले अनिवार्य अवकाश पाउँदै
काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)मा पुस मसान्तबाट एआईजी नारायणबाबु थापासहित एक दर्जन एसएसपी, एसपी र डीएसपीहरुले अनिवार्य अवकाश पाउने भएका छन्। ३० वर्षे सेवा हदका कारण उनीहरुले अनिवार्य अवकाश पाउने भएका हुन्।
सशस्त्र प्रहरी बल स्थापना भएपछि नेपाल प्रहरीबाट सेवा स्थान्तरण गरेकाहरु नै अवकाशमा जान लागेका छन्। उनीहरु २०५८ सालमा सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरीमा गएका थिए। अनिवार्य अवकास पाउनेमा एआईजी थापा उच्च अधिकृत हुन्। थापाले अवकाश पाएपछि सो पद स्वतः खारेज हुनेछ। अब सशस्त्र प्रहरीमा दुई जना मात्रै एआईजी हुनेछन्।
सशस्त्र प्रहरीबलका अनुसार अनिवार्य अवकाश पाउने एसएसपीहरुमा इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारी छन्।
त्यसैगरी एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चैधरी, अर्जुन प्रसाद सापकोटा छन्।
लामो समय सञ्चार शाखामा रहेका डीएसपी अजयकुमार छत्कुली पनि पुस मसान्तबाट अनिवार्य अवकाशमा जादैछन्। त्यस्तै भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्री रहेका छन्। उनीहरुको अवकाशपछि ३० जना भन्दा बढी अधिकृतहरुको बढुवा प्रकृया अघि बढ्नेछ।
Facebook Comment