शंकर पोखरेलको बुझाइमा प्रतिनिधिसभा असान्दर्भिक हुनुका कारण

डिसी नेपाल
२२ पुष २०७७ २१:४९

काठमाडौं। सरकारले हठात प्रतिनिधिसभा विघटन गरिदिएपछि हाल सत्तारुढ दल नेकपा विभाजित भएको छ। प्रचण्ड–माधव नेपालहरुले संसद् विघटनलाई असंवैधानिक भन्दै नेकपा आफ्नो कब्जामा लिएको दावी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा आफ्नै कब्जामा रहेको बताएका छन्।

दुबै गुटले फरक फकर स्थानमा छुट्टा छुट्टै बैठकहरु गर्दै आएका छन्। र यो विवाद निर्वाचन आयोगसम्म पुगे पनि दुबै समूहले औपचारिक रुपमा पार्टी विभाजन भएको अस्वीकार गरिरहेका छन्।

उता संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। तर, नेकपाका दुई गुटका नेताहर आ आफ्नो अडानमा कम्मर कसेर उभिएका छन्। संसद् विघटनलाई असैवैधानिक भन्ने समूहले सडकमा आन्दोलनसमेत गरिरहेको छ भने संवैधानिक भन्नेले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन्।

यसैक्रममा प्रधानमन्त्री ओलीका निकट र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै प्रतिनिधिसभा असान्दर्भिक भएकाले विघटन गरिएको तर्क पेश गरेका छन्।

यस्तो छ उनको दावी

नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?

सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,

सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,

विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,

सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,

पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,

पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,
पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले।

पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो। प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *