नवदीप सैनीले डेब्यु गर्दा, मयनक ‘आउट’, शर्माको पुनरागमन

डिसी नेपाल
२३ पुष २०७७ १२:०८

काठमाडौं । तीब्र गतिका बलर नवदीप सैनीले भारतका लागि अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट खेलमा डेब्यु गरेका छन । सैनीले दोस्रो टेष्ट खेलमा घाइते भएका उमेश यादबलाई बिस्थापित गरेका छन । भारतीय टोलि ब्यवस्थापनले बिहीबारदेखि सुरु भएको सिड्नी टेष्टका लागि ‘अन्तिम एघार’ घोषणा गर्दा दुई जना खेलाडीबाहेक मेलबर्न टेष्टकै टोलिले निरन्तरता दिएको छ ।

सिड्नी टेष्टका लागि अन्तिम एघारमा रोहित शर्माको समेत पुनरागमन भएकोे छ । मयनक अग्रवाल टोलिबाट बाहिरिएका छन । उनको स्थानमा ओपनर ब्याट्सम्यानको रुपमा रोहित शर्माले पुनरागमन गरेका छन । शर्माले यसअघि २०१९ को नोभेम्बरमा भारतका लागि टेष्ट खेलेका थिए । सन् २०१८ मा मेलबर्न टेष्ट खेलेर बीचमै भारत फर्किएका शर्माले त्यसअघि न्युजिल्याण्ड विरुद्धको घरेलु श्रृखंलाको पाँच टेष्ट पारीमध्ये तीनमा शतक बनाएका थिए । न्युजिल्याण्ड र अष्ट्रेलिया विरुद्धको पछिल्लो दुई टेष्ट श्रृखंलामा ३४, ५८, ७, ३, १७, ९, ० र पाँच रन बनाएका मयनक अग्रवाल तेस्रो टेष्टबाट बाहिरिएका छन । टोलिका अन्य सदस्यहरुमा शुभमन गिल, चेतेश्वर पूजारा, अजिन्क्यै रहाने, हनुमा बिहारी, ऋषभ पन्त, रबिन्दर जडेजा, रबिचन्द्रन आश्विन, जसप्रित बुमराह र मोहम्मद सिराज छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *