माछापुच्छ्रेले सिप्रदीबाट खरिद गरिने कमर्सियल गाडीका लागि सहुलियत कर्जा उपलब्ध गराउने

डिसी नेपाल
२४ पुष २०७७ १४:१०

सिप्रदीले बेच्दै आएको टाटा कम्पनीका व्यवसायिक प्रयोजनका गाडीहरु खरिदमा माछापुच्छ्रे बैंक लिमिटेडले सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ। शुक्रबार एक सम्झौता गर्दै बैंकका देशभरीका शाखाबाट सिप्रदीका देशभर रहेका शाखाबाट सेवा उपलब्ध हुने छ।

सम्झौतापत्रमा सिप्रदीको तर्फबाट अध्यक्ष श्री राजन बाबु श्रेष्ठ तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सिप्रदीका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गरिने बैंकले जनाएको छ।

बैंकले देशभरका १ सय ६० वटा शाखाहरु, १ सय ४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३ सय १३ स्थानमा रहेका सेवा सञ्जाल गर्दै आएका छ। हालसम्म १ सय ९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएसमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *