गोल गरेपछि यी फुटबलरले गरे यस्तो, बने सबै चकित
एजेन्सी । भेनेजुयलाका फुटबलरले यस्तो गरेपछि एकछिन सबैजना अचम्मित भए । गोल गर्ने बितिक्कै फुटबलर सिधै स्टेडियममा आफ्नी गर्लफ्रेन्ड भएको ठाँउमा पुग्छन् र विवाहको प्रस्ताव राख्छन् ।
एडवर्ड बेलो उनी सीडी एंटोफगास्ताको लागि खेल्छन्। खेलको दुई मिनेटमै गोल गरेका उनी आफ्नी गर्लफ्रेन्ड भएको स्थानमा दौडेर गए र चुम्बन समेत गरे ।
गोल गर्ने बितिक्कै बिहेको प्रस्ताव गर्न गएका फुटबलरको प्रस्तावलाई गर्लफ्रेन्डले सहजै स्वीकार गरिन्। बेलो हातमा औँठी लिएर सिँढी चढेर गर्लफ्रेन्ड कहाँ पुग्छन् र प्रस्ताव गरेका हुन्छन्।
त्यहाँ उपस्थित दर्शकहरूले ताली बजाएर उक्त जोडीलाई बधाई दिएको भिडियोमा देख्न सकिन्छ। त्यसपछि फुटबलर मैदानमा फर्किन्छन् र खेल्न सुरु गर्छन।
Eduard Bello metió el 0-1 entre Everton y Antofagasta, celebró pidiendo MATRIMONIO en el estadio, hasta los hinchas de Everton lo aplaudieron! pic.twitter.com/O9LUvFoLVP
— Patricio Medina (@PatoMedinaEs) October 28, 2018
Facebook Comment