‘लोकतन्त्र र सङ्घीयता धरापमा पर्यो’

डिसी नेपाल
२५ पुष २०७७ २३:२४

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले संसद बिघटनका कारण लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता धरापमा परेको बताएका छन्। दैलेखको दुल्लुमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भने, “पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको तर त्यसो हुन सकेन । यो प्रतिगमन भयो । प्रतिनिधिसभा बिघटन भयो ।”

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिगमन विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको दावी गरे । देश प्रतिगमनमा जाला भन्ने विषय आफूहरूले नसोचेको बताउँदै उनले भने, “घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन् ।” पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेताले बिघटित प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास व्यक्त गरेका थिए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *