बिहारीको अति सुस्त इनिङ, बलको शतक पुग्यो, रन ७ मात्रै !
काठमाडौं। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा भारत पाँचौं दिनको खेल बचाउन प्रयासरत छ । टेस्टको आज अन्तिम दिन हो र भारत हारबाट जोगिन आज पूरै दिन खेल्नुपर्ने हुन्छ । यदि भारत अलआउट भएमा खेल अस्ट्रेलियाले जित्नेछ । आज भारत अलआउट नभएको अवस्थामा भने खेल ड्र हुनेछ ।
क्रिजमा टिकीरहने प्रयासमा भारतका ब्याट्सम्यान हनुमा विहारीले यतिसम्म सुस्त इनिङ खेलेका छन् कि उनको यो इनिङ टेस्ट इतिहासकै सबैभन्दा सुस्त इनिङमध्येको एक बन्न पुगेको छ । उनले बलको शतक पुर्याइसक्दा पनि दोहोरो अंकमा स्कोर गर्न सकेका छैनन् । ११५ ओभर सकिँदा विहारीले १०७ बल खेलिसकेका छन् तर उनको स्कोर मात्रै ७ रन छ । भारतको स्कोर ५ विकेटको क्षतिमा ३०० रन पुगेको छ । खेल जित्न भारतलाई अझै १०७ रन चाहिन्छ ।
८० औं ओभरको पहिलो बलमा ऋषभ पन्त आउट भएपछि विहारी क्रिजमा आएका थिए । त्यतिबेला क्रिजमा ५८ रन बनाएका चेतेश्वर पुजारा थिए । पुजाराले ७७ रन बनाएर आउन हुँदा विहारीले ३१ बलमा ३ रन बनाएर खेलिरहेका थिए । पुजारा आउट भएपछि आएका रविचन्द्रन अश्विनले समेत ११५ ओभर सकिँदासम्म २४ रन बनाइसकेका छन् तर विहारी ७ रनको स्कोरमै छन् ।
Facebook Comment