सभामुख सापकोटा र प्रचण्डबीच एकघण्टा छलफल

डिसी नेपाल
२९ पुष २०७७ १३:४३

काठमाडौं। विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

सभामुख निवास लैनचौरमा सापकोटा र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको थियो। प्रचण्ड १२ बजेर २० मिनेटमा सभामुख निवास प्रवेश गरेका थिए भने १ बजेर १० मिनेटामा बाहिरिएका थिए।

सापकोटा र प्रचण्डबीच के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटा र प्रचण्ड दुवैले विघटनको विरोध गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *