नेकपाका दुवै समूहलाई देउवाको आश, देउवाको दुवै हातमा लड्डु !

डिसी नेपाल
१ माघ २०७७ १३:४०

काठमाडौं। संसद पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा सर्वोच्च अदालतमा बहस जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले बाहेक अन्य सबै जसो दलले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलनमा होमिएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको सबैभन्दा धेरै विरोध गर्दै आएको नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार साँझ लामै छलफल गरे।

देउवालाई विश्वासमा लिएरै प्रधानमन्त्री ओलीले संसद विघटन गरेको चर्चा चलिरहेका बेला प्रचण्ड र नेपालले देउवालाई संसद विघटन विरुद्ध संयुक्त आन्दोलन गर्नु पर्ने र दीर्घकालीन गठबन्धन गर्न आग्रह गरेको देउवा निकट स्रोतले जनाएको छ।

प्रचण्ड र नेपालले देउवालाई संसद पुनर्स्थापना भएको अवस्थामा र निर्वाचनमा नै जानुपर्ने भएपनि त्यसका लागि सहकार्यको प्रस्ताव गरेका थिए। सत्तारुढ दल नेकपा दुई समूहका विभाजित भइसकेको अवस्थामा अहिले दुवै समूहलाई कांग्रेसको साथ चाहिएको छ।

देउवा प्रतिनिधिसभा पुर्नस्थापना हुनेमा विश्वस्त छैनन्। अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सदर गर्ने र चुनाव हुनेमा देउवा विश्वस्त देखिएका छन्। अहिले तत्कालको लाभ हानिमा रुमल्लिनु भन्दा दीर्घकालीन रुपमा पार्टीलाई फाइदा हुने किसिमको निर्णय लिनुपर्ने भन्दै देउवाले आफू निकट नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिने गरेका छन्।

विशेष गरी प्रदेश सरकारलाई कांग्रेसले जसलाई सहयोग गर्छ उसैको नेतृत्वमा सरकार बन्ने वा निरन्तरता हुने अवस्था छ। एक नम्बर प्रदेश र बाग्मती प्रदेश सरकार विरुद्ध नेपका प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव गर्दा गराइसकेका छन्।

यी दुवै प्रदेशसभाको अधिवेशन यही माघ ७ गतेका लागि बोलाइएको छ। ओली नेतृत्वको नेकपाले प्रदेश सरकार टिकाइराख्न कांग्रेसको साथ खोजिरहेका बेला बुधबार प्रचण्ड र नेपालले देउवालाई केन्द्रदेखि प्रदेशसम्म सहकार्यको प्रस्ताव राखेका हुन्। उनीहरुको प्रस्तावका विषयमा सभापति देउवाले पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन्।

देउवा निकट स्रोतका अनुसार देउवा प्रतिनिधिसभा पुर्नस्थापना हुनेमा विश्वस्त छैनन्। अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सदर गर्ने र चुनाव हुनेमा देउवा विश्वस्त देखिएका छन्।

अहिले तत्कालको लाभ हानिमा रुमल्लिनु भन्दा दीर्घकालीन रुपमा पार्टीलाई फाइदा हुने किसिमको निर्णय लिनुपर्ने भन्दै देउवाले आफू निकट नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिने गरेका छन्। पछिल्लो समय देउवा निवास बुढानिलकण्ठमा जिल्लाबाट टिकटका लागि लविङ गर्नेको भीड लाग्न थालेको छ।

‘अहिले प्रतिनिधिसभा पुनर्स्थापना भइहाले पनि कांग्रेस झन तेस्रो शक्तिमा झर्ने हो, चुनाव भयो भने कांग्रेस सबैभन्दा ठूलो दल बन्ने उहाँको (देउवा) विश्लेषण छ,’ देउवा निकट स्रोतले भन्यो, ‘अदालतले गर्ने निर्णयलाई कांग्रेसले स्वीकार गर्छ। प्रधानमन्त्रीको कदमलाई अदालतले सदर गर्यो भने पार्टीले त्यसलाई स्वागत गर्दै निर्वाचनमा होमिन्छ।’

बुधबार प्रचण्ड र माधव नेपालले संसद पुनर्स्थापना भएको अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिने प्रस्ताव समेत गरेका थिए। तर देउवाले यो विषयमा खासै रुची नदेखाएको र त्यो विषयमा धेरै जवाफ पनि नदिएको देउवा निकट स्रोतले जनाएको छ।

केही राजनीतिक विश्लेषकहरुले देउवालाई विश्वासमा लिएर नै प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै अहिले प्रचण्ड र माधव नेपालले दिएको आश्वासनमा देउवा नफस्ने दाबी गरेका छन्।

‘संसद विघटन हुनुपूर्व देउवलाई पनि विश्वासमा लिएर यो कदम चालिएको हो,’ नाम उल्लेख नगर्ने शर्तमा एक जना विश्लेषकले भने, ‘संसद विघटन गराउने चाहने शक्तिले ओली र देउवालाई विश्वासमा लिएर नै यो कदम चाहेको हुनाले अहिले प्रचण्ड र माधव नेपालको आश्वासमा देउवा पर्ने संभावना छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *