महिला टी–२० मा सोफीले बनाईन तिव्र गतिमा सतक बनाउने विश्व रेर्कड
काठमाडौं । न्युजिल्यान्डकी महिला क्रिकेटर सोफी डेवाइले टी–२० क्रिकेटमा नयाँ विश्व रेकर्ड बनाएकी छिन । उनले महिला टी–२० क्रिकेटमा ३६ बलमा सतक प्रहार गर्ने नयाँ किर्तिमान कायम गरेकी छिन । उनले १० पहिले वेस्टईन्डिजका महिला क्रिकेटर डायन्ड्रा डाटीनले ३८ बलमा सतक बनाएको किर्तिमान तोडेन सफल भएकी छिन । डाटीनले दक्षिण अफ्रिका बिरुद्वको खेलमा सन २०१० मा ३८ बलमा सतक प्रहार गरेकी थिईन । सन २०१८ महिला बिगबास लिगमा अष्ट्रेलियाकी ग्रेस ह्यारिसले २४ बलमा सतक प्रहार गरेकी थिईन ।
सोफी घरेलु प्रतियोगिता सुपर स्म्यासमा वेलिङटन ब्लेज टोलीको कप्तान रहेकी छिन । उनले ओटागो स्पार्क्स टोली बिरुद्वको खेलमा ३८ बलमा अविजित १०८ रन बनाएकी हुन । यस क्रममा उनले समान ९–९ छक्का र चौका प्रहार गरिन । खेलको क्रममा उनले अर्धसतक प्रहार गर्ने क्रममा २१ बलको सामना गरेकी थिईन । अर्को ५० रन बनाउने क्रममा उनले १४ बलको सामना गरिन ।
Facebook Comment