साफ यू-१५ च्याम्पियनसिप : भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा
काठमाडौं। बंगलादेशको फुटबल टिम नेपालमा जारी यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा भारतलाई पेनाल्टीमा चार दुई गोलले हराउँदै बंगलादेशले फाइनलमा स्थान बनाएको हो।
खेलको २५ औं मिनेटमा भारतका शैलेस हर्षले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारत विरुद्ध दोस्रो हाफमा बंगलादेशले खेलमा फर्कने केही मौका पाएपनि सफल हुने सकेन तर खेल सकिन करीव एक मिनेट बाँकी हुँदा बंगलादेशले पेनाल्टी पायो। जसलाई बंगलादेशले सदुपयोग गर्दै खेल बराबरीमा पु¥याएको थियो।
९० मिनेटमा दुबै टिमबाट एक एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो। जसमा भारतका दुई खेलाडीको प्रहारले सही दिशामा लिन सकेन भने बंगलादेशका ५ खेलाडीले नै पेनाल्टीलाई सदुपयोग गरे। उपाधिका लागि बंगलादेशले नेपाल र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ। यो खेल दिउसो साढे २ बजे हुनेछ।
Facebook Comment