विश्वमा कोरोना : मृत्यु हुनेको संख्या २० लाख नाघ्याे, ९ करोड ३४ लाख बढी संक्रमित
काठमाडौं । कोरोनाका कारण विश्वभरमा २० लाख बढीको मृत्यु भएको छ। वर्ल्डाेमिटरको तथ्यांक अनुसार विश्वका २ सय बढी देशमा फैलिएको कोरोनाले २० लाख १ हजार २५ जनाको ज्यान लिएको हो।
हालसम्म विश्वभरमा कोरोनाबाट संक्रमितहुनेको संख्या ९ करोड ३४ लाख ९३ हजार ४ सय ६९ पुगेको छ। यस्तै हालसम्म ६ करोड, ६७ लाख ६८ हजार १ सय ४८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन।
समाचार तयार पार्दासम्म २ करोड ४७ लाख २४ हजार २ सय ९६ संक्रिय संक्रमितको संख्या रहेको वर्ल्डाेमिटरले जनाएको छ। तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी २ करोड ३८ लाख ३६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा १ करोड ५ लाख २८ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभरमा सबैभन्दा बढी कोरोना संक्रमित भएका अमेरिका र भारतमा सक्रिय संक्रमितको संख्या क्रमशः ९३ लाख ५१ हजार ७ सय ६३ र २ लाख १४ हजार ५ सय २४ रहेको छ। यस्तै अमेरिकामा ३ लाख ९७ हजार ८ सय १ जनाले ज्यान गुमाएका छन् भने भारतमा १ लाख ५१ हजार ९ सय ५४ जनाको कोरोनाका कारण ज्यान गएको छ।
गत २४ घण्टामा विश्वभरमा ७ लाख ३२ हजार ८ सय ४४ जना कोरोनाका संक्रमित थपिएका छन्। १५ हजार बढीले ज्यान गुमाए भने ४ लाख ७० हजार ६ सय ७४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।
गत २४ घण्टामा अमेरिकामा २ लाख १८ हजार ५ सय ५६, भारतमा १५ हजार ५ सय १५, ब्राजिलमा ६८ हजार ६ सय ५६, रसियामा २४ हजार ७ सय ६३ र यूकेमा ४८ हजार ६ सय ८२ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्।
Facebook Comment