संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाई शुरु

डिसी नेपाल
२ माघ २०७७ ११:४९

काठमाडौं। सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध दायर रिटमाथि सुनुवाई शुरु भएको छ। सर्वोच्चका प्रधान्यायाशीससहित पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो।

शुक्रबारको सुनुवाईमा विभिन्न कानून व्यवसायी तथा नेकपाकातर्फबाट दायर रिटको सुनुवाई वृहत पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै गर्ने भन्ने विषयमा बहस भइरहेको छ।

यसअघि २९ पुसमा पनि यही विषयमा सुनुवाई भएको थियो। सो दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार सोही विषयमा केन्द्रित रहेर बहस भइरहेको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले पुस २२ मा यी रिटमाथिको सुनुवाई वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै निवेदन दिएका थिए।
पुस २९ मा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले वृहत पूर्ण इजलासमा रिट सार्नु नपर्ने जिकिरसहितको निवेदन पेश गरेका थिए। शुक्रबार प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले पुस २९ कै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *