पीएम कप क्रिकेटः आर्मीद्वारा गण्डकीलाई २८८ रनको लक्ष्य

डिसी नेपाल
२ माघ २०७७ १२:५४

काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा जारी खेलमा पहिले ब्याटिङ गर्दै आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको छ ।

सुस्त सुरुवात गरेको आर्मीका लागि पहिलो विकेटका लागि राजु रिजाल र हरी कृष्ण झाले ६३ रनको साझेदारी गरेका थिए । उनीहरुले ११२ बलमा ६३ रनको साझेदारी गरेका हुन् । यस्तै पाँचौ विकेटका लागि बिनोद भण्डारी र राजेश पुलामीले ८५ बलमा ७३ रनको साझेदारी गर्दै पारी उकासेका थिए । यस्तै छैठौं विकेटका लागि बिनोद भण्डारी र लोकेश बमले ६० बलमा १०३ रनको साझेदारी गरे । आर्मीका बिनोद भण्डारीले उत्कृट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १११ रनमा नट आउट रहे ।
यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाए भने लोकेश बमले ४२ रन बनाए । राजेश पुलामीले ३८ रन बनाउँदा हरी कृष्ण झाले रोहित पौडेलले १०तथा भिम शार्कीले १५ रन बनाए । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २/२ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्रकान्त पौडेलले १/१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *