संवैधानिक इजलासमा राष्ट्रपति कार्यालयले पठाएको सक्कल फाइल मागियो

डिसी नेपाल
२ माघ २०७७ १६:११

काठमाडौं। संसद् विघटनबारे राष्ट्रपति कार्यालयले पठाएको जवाफको सक्कल फाइल मागिएको छ। शुक्रबार जारी संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बसह गर्ने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले फाइल मागेका हुन्।

रिट निवेदकका तर्फबाट बहस गर्दै श्रेष्ठले यसअघि राष्ट्रपति कार्यालयले सर्वोच्चलाई दिएको जवाफको फाइल हेर्न पाउनुपर्ने भन्दै जिकिर गरेका थिए। प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले इजलासबाट फाइल फिर्ता हुने गरी अभएको भन्दै फिर्ता पठाइएको बताएका थिए।

संसद् विघटनविरुद्ध परेको रिटहरुमाथि सुनुवाई गर्दै पुस १० मा सर्वोच्चको संवैधानिक इजलासले राष्ट्रपति कार्यालयलगायतका विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। र संसद विघटनको निर्णयको सक्कल कागजात मगाएको थियो। सर्वोच्चको सो आदेश अनुसार पुस १९ मा राष्ट्रपति कार्यालयले जवाफ पठाएको थियो।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा न्यायाधीशहरुसँग गोप्य रुपमा भेटेको भन्दै विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठ र रामकुमार झाँक्रीले पनि ध्यानाकर्षण गराएकी छन्। उनीहरुले सर्वोच्चले निष्पक्ष भएर न्याया दिनेमा विश्वस्थ रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *