कोरोनाविरुद्ध भारतमा भ्याक्सिनेशन शुरु

डिसी नेपाल
३ माघ २०७७ १६:२४

काठमाडौं। दक्षिणी छिमेकी मुलुक भारतमा शनिबार भारतमा कोरोनाविरुद्ध भ्याक्सिनेशन शुरु गरिएको छ। यसअघि नै भारतले भारतमै विकसित दुई वटा खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिएको थियो। अनुमति पाएसँगै करिब दुई हप्ताको तयारीपछि भारतमा शनिबार भ्याक्सिनेशन शुरु गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावित भारतमा स्वास्थ्य कर्मी र ५० वर्षभन्दा माथि उमेर भएका करिब ३० करोड मानिसहरुलाई खोप लगाइँदै छ। भारतमा शनिबार सबैभन्दा पहिला दिल्लीस्थित एम्स अस्पतालका सफाईकर्मी मनीष कुमारलाई भ्याक्सिन लगाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। त्यसपछि भारतका विभिन्न राज्यहरुमा केन्द्र सरकारको कार्यक्रमअनुसार भ्याक्सिनेशन जारी राखिएको छ।

पहिलो चरणमा करिब ३ करोड स्वास्थ्यकर्मीलाई र दोस्रो चरणमा करिब २७ करोड पाका उमेरका मानिसहरुलाई भ्याक्सिशन लगाइने भारतीय अधिकारीहरुले जनाएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सुरक्षित रहेको भन्दै भ्याक्सिनबारे फैलिएका भ्रमका पछाडि नलाग्न अपीलसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *