विश्वमा कोरोना : गत २४ घण्टामा ५ लाख बढी संक्रमित थपिए, करिव ४ लाख निको भए
काठमाडौं । विश्वभरमा गत २४ घण्टामा ५ लाख बढी संक्रमित थपिएका छन। वल्र्डोमिटरको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख २१ हजार ९ सय ६४ जना कोरोनाका संक्रमितहरु थपिएका हुन।
यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका हुन। वल्र्डोमिटरका अनुसार सबैभन्दा बढी कोरोना उथलपुथल अमेरिकामा भएको देखिन्छ।
अमेरिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन्। गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। यस्तै, १ हजार ८ सय बढीले ज्यान गुमाएका छन भने ७८ हजार ८ सय भन्दा धेरै कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म अमेरिकामा २ करोड ४४ लाख ७६ हजार ३ सय ४३ जलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा धेरै कोरोना संक्रमित थपिनेमा अमेरिकापछि यूके रहेको छ। यूकेमा ३८ हजार ५ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँग यूकेमा संक्रमित हुनेको संख्या ३३ लाख ९५ हजार ९ सय ५९ पुगेको छ। हालसम्म १५ लाख बढी निको भएको यूकेमा १७ लाख ७१ हजार ९ सय ६२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
अमेरिकापछि मेक्सीकोमा गत २४ घण्टामा सबैभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाए। मेक्सिकोमा १ हजार २ सय १९ जनाको कोरोनाका कारण ज्यान गयो। हालसम्म मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २ सय ४१ पुगेको छ। १६ लाख ३० हजार बढी संक्रमितको संख्या पुगेको मेक्सिकोमा ५ हजार बढी सिरियस केस रहेको वल्र्डोमिटरले जनाएको छ।
गत २४ घण्टामा अमेरिकापछि निको हुनेको संख्या रसियामा धेरै रहेको छ। रसियामा गत २४ घण्टामा २३ हजार ४ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म ३५ लाख ६८ हजार २ सय ९ जना संक्रमित भएको रसियामा ६५ हजार बढीले ज्यान गुमाएका छन भने २९ लाख ६० हजार ४ सय बढी निको भएका छन।
संक्रमितको संख्याका आधारमा अमेरिकापछि भारत रहेको छ। भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजार ६ सय ७२ जना संक्रमित पुगेका छन्। १ लाख ५२ हजार ४ सय ५६ जनाले ज्यान गुमाएको भारतमा २ लाख ९ हजार ५ सय १९ मात्र सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १३ हजार बढी नयाँ संक्रमित थपिए भने १४ हजार ५ सयभन्दा धेरै निको भएका छन्।
Facebook Comment