ओलीको सन्देश मोदीले सुनेनन्

डिसी नेपाल
५ माघ २०७७ ७:०८

काठमाडौं। केपी अ‍ोलले सरकारको नेतृत्व सम्हालेपछि भारतले नेपाललाई दृष्टिकोण फरक भएको छ। पहिले भाइ–भाइ नभने पनि ओलीले सत्ता सम्हालेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाइ नै मानेका छन्। सम्भवतः त्यसकै कारण नै नेपाल हेपिएको छ।

भाइ–भाइबीचकोे अशबण्डाजस्तो  गरी नेपाली भूमिमा भारतले सडक बनाउँदै छ। भारत फेरि नेपाली भूमि समेटेको नक्सा बनाउँछ। त्यस्तै दवावमा आएका ओली पनि बाध्य भएर नक्सा थप्छन्। तर फेरि दाइको आदेशजस्तो गरी नक्साको फण्डा रोकिदिन्छन् । यतिसम्मकि पाठ्यक्रममा समेत नराख्न निर्देशन दिन्छन्।

त्यतिबेला आफूलाई हटाउन भारतले भूमिका खेलेको समेत आरोप लगाए। अताल्लिएका ओलीलाई फेरि मोदीले सम्हाले। रअका प्रमुख सामन्तकुमार गोयललाई पठाएर सबै सेटिङ गरे।

अहिले ओलीले मोदीकै निर्देशानुसार नै संसद विघटन गरेको आरोप ओलीमाथि छ । तर यसपटक मोदीले निराशा दिलाएका छन्। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मादीसँग भेट नगरी स्वदेश फर्किन बाध्य भएका छन्। उनलाई मोदीले टेर्दै टेरेनन्।

ज्ञवाली स्वदेश फर्कनु अघिसम्म मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत थिए। तर मोदीले समय नदिएपछि भेट सम्भव नभएको हो। पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट मन्त्रीस्तरीय संयुक्त आयोगकोे बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको छ। ज्ञवालीसँग मोदीले भेट गर्ने समय नदिएपछि नपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले कुन रुपमा लिएको छ भन्ने स्पष्ट हुन नसकेको मन्त्री ज्ञवालीको बुझाइ छ।

तर भेट्न खोजेजस्तो गर्ने अनि नभेटी फर्कँदा भारतले वास्ता गरेको रहेनछ भनी नयाँ सन्देश दिएजस्तो गरी गोप्य योजनालाई गोप्य नै राख्न खोजिएको त हैन? भनी विश्लेषणसमेत हुन थालेको आजको जनभावना साप्ताहिकले समाचार लेखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *